Comments Add Comment

टी-२० त्रिकोणात्मक सिरिज : उपाधिका लागि बंगलादेश र अफगानिस्तान भिड्ने

Photo Credit : आईसीसी

५ असोज, काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिज क्रिकेटको फाइनलमा बंगालदेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेल मंगलबार राति ढाकामा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहंदै घरेलु टोली बंगलादेशले फाइनल यात्रा तय गर्दा अफगानिस्तान शीर्ष दुईमा पर्दै फाइनल स्थान सुरक्षित गरेको हो ।

बंगलादेशले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनायो । यता अफगानिस्तानले भने दुई खेलमा जित र दुई खेलमा हार ब्यहोर्न पुग्यो । जिम्बाब्वेले भने चार खेलमध्ये एक खेलमा जित र तीन खेलमा हार ब्यहोर्न पुग्यो ।

लिग चरणको अन्तिम खेलमा बंगलादेशले अफगानिस्तानलाई शनिबार राति चार विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १३९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment