Comments Add Comment

सागका लागि टेनिस खेलाडी छनोट

१० असोज, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि लनटेनिसमा १२ खेलाडी छनोट भएका छन् ।

सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुष र महिला समान ६–६ गरी १२ खेलाडी छनोट भएका हुन् । पुरुषमा एनआरएनएका संरक्षकभूषण बज्रचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण बज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए ।

महिलामा एपीएफकी प्रेरणा कोइराला र सलोनी तामाङ, आर्मीका अभिलाषा विष्ट र इरा रावत तथा प्रदेश ३ का रायना शाह र प्रकृति श्रेष्ठ छानिए । असोज २ गतेदेखि सुरु छनोटमा पुरुषतर्फ १० तथा महिलामा ७ खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment