+

चाइनिज ताइपेलाई हराउने खेलाडीलाई जनही २५ हजार पुरस्कार

२०७६ असोज  १४ गते १६:२४ २०७६ असोज १४ गते १६:२४
चाइनिज ताइपेलाई हराउने खेलाडीलाई जनही २५ हजार पुरस्कार

१४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न समयमा घोषणा गरेको पुरस्कार मंगलबार खेलाडीलाई प्रदान गरेको छ ।

एन्फाले विश्वकप छनोट खेलमा चाइनिज ताइपेसँगको खेलका सहभागी खेलाडीलाई जनही २५ हजार रुपैयाँले पुरस्कृत गरेको छ । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेविरुद्धको अवे खेलमा जित हासिल गरेको थियो ।

त्यस्तै १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल टिमका प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ । १८ वर्षमुनिको फुटबल टिमका प्रत्येक खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै नाजेज्दा कप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली महिला फुटबल टिमका सदस्यलाई जनही ५० हजार दरले एन्फाले पुरस्कृत गरेको छ ।

एन्फाले गत वर्ष सञ्चालित ए डिभिजन लिगको उत्कृष्ट खेलाडीहरुको पुरस्कार पनि मंगलबार नै प्रदान गरेको छ ।

गोलकिपरमा विशाल श्रेष्ठ, डिफेन्डरमा रञ्जित धिमाल, फरवार्डमा भरत खवास, मिडफिल्डरमा हेमन गुरुङ र प्रशिक्षकमा सुमन श्रेष्ठ पुरस्कृत भएका छन् । उनीहरुलाई जनही एउटा मोटरसाइकल र ५० हजार रुपैयाँ दिइएको छ । उदीयमान खेलाडीको पुरस्कारसँगै विकास खवासले १ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

एन्फा दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार पनि मंगलबार प्रदान गरिएको छ । जसअनुसार उत्कृष्ट जिल्लाको पुरस्कार जिल्ला फुटबल संघ मोरङ, उत्कृष्ट क्लब मनाङ मर्स्याङ्दी, उत्कृष्ट रेफ्री लव खत्रीलाई जनही १ लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।

उत्कृष्ट महिला रेफ्री अस्मिता मानन्धरलाई एक लाख रुपैयाँ र एउटा स्कुटर पुरस्कार दिइएको छ । उदीयमान खेलाडी अभिषेक रिजाल, उदीयमान महिला खेलाडीलाई अञ्जलीकुमारी योञ्जनलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिइएको छ ।

नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने खेलाडी रोहित चन्द र किरण चेम्जोङलाई पनि जनही १/१ लाख पुरस्कार दिइएको छ । त्यस्तै उत्कृष्ट प्रशिक्षकको रुपमा हरि खड्कालाई १ लाख, लाइफ टाइम अचिभमेन्ट अवार्ड भगीरथ आलेलाई प्रदान गरिएको छ । उनलाई मोटरसाइकल र ३ लाख ५० हजार रुपैयाँ दिइएको छ ।

त्यस्तै फुटबल खेलाडी जुमानु राईलाई १५ लाख रुपैयाँले पुरस्कृत गरिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०