Comments Add Comment

‘बादशाह जुट’ टिमले मुस्लिम संघसँग माफी माग्यो

सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बादशाह जुट’ले मुस्लिम संघसँग माफी मागेको छ । ट्रेलरमा मुस्लिम समुदायलाई आँच पुर्याउने दृष्यहरु राखेको भन्दै केही दिन अगाडि मुस्लिम समुदायले चलचित्रको टिमप्रति आपत्ति जनाएको थियो ।

मुस्लिम संघले एक पत्रमार्फत् ट्रेलरमा भएको जातिय विभेद, सामाजिक विभेद तथा जातिय हिंसा हुने जस्ता कुरा हटाउन माग गरेको थियो । उक्त पत्रको जवाफमा निर्माण कम्पनी ‘एच एण्ड वि फिल्मस्’ले विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।

विज्ञप्तिमा लेखिएको छ–‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माणपक्ष क्षमाप्रार्थी छौं । यो चलचित्रको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन ।’

मुस्लिम संघ र निर्माण पक्षबीच भएको भेटवार्तापछि उनीहरु सहमतीमा पुगेका हुन् । चलचित्रमा भएका केही दृष्यहरु पनि सच्याउन मुस्लिम संघले माग गरेको छ । निर्माण पक्षले पनि ठेस पुग्ने कुनै पनि दृष्यहरु भए त्यसलाई हटाउने सहमति गरेको छ ।

जोन सिंह राणाको निर्देशनमा बनेको यो चलचित्र कत्तिक १५ गतेबाट रिलिज हुदैँछ । चलचित्रमा सुशीलसँगै आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment