४ कात्तिक, काठमाडौं । लिग लिडर लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु टिम म्यानचेस्टर युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको छ ।
लिभरपुलका लागि एडम लालनाले गोल गरे भने म्यानचेस्टर युनाइटेडका लागि मार्कुस रास्फोर्डले गोल गरे ।
खेलको ३६औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । योसँगै पहिलो हाफमा युनाइटेड १-० गोलले अघि रहेको थियो ।
तर खेलको ८५औं मिनेटमा लिभरपुलका लागि एडमले गोल गर्दै उदार गरे । योसँगै लिभरपुल र युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
शीर्ष स्थानमा रहेका लिभरपुलको ९ खेलबाट २५ अंक भएको छ । यता, युनाइटेडको भने ९ खेलबाट १० अंक भएको छ ।
प्रतिक्रिया 4