Comments Add Comment

संग्रहालयमा एसी नहुँदा पूरातात्विक सम्पदा नासिने डर

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय सग्रंहालयमा राखिएका पूरातात्विक सामग्री बिग्रिने खतरा बढेको छ । भूकम्पमा भत्किएका मन्दिरमा रहेका पूरातात्विक महत्वका सामग्री एसी अर्थात एअर कन्डिसनरलगायतका आधुनिक सुविधा नहुँदा बिग्रने खतरा बढेको संग्रहालयले जनाएको छ ।

२०७२ को भूकम्पले क्षति पुगेका सम्पदाको पूरातात्विक वस्तुहरु हाल राष्ट्रिय सग्रंहालय छाउनीमा राखिएको छ । संग्रहालयका सूचना अधिकारी सुवासकृष्ण डंगोलले पूरातात्विक महत्वका सामग्री बिग्रने डर भएको बताए । ‘हाम्रो संग्रहालयमा विदेशमा जस्तो एसी छैन, एसी नभएको कारणले कुनैकुनै सामानहरु चाँडै बिग्रने डर हुन्छ’ उनले भने ।

संग्रहालयले यस्ता सामग्री एउटा कोठामा राखेको छ, जसलाई नेपाली सेनाले सुरक्षा दिएको छ । २०७२ वैशाखमा काठमाडौं उपत्यकाका मन्दिर भत्किएपछि त्यहाँ रहेका पूरातात्विक महत्वका सामग्री संग्रहालयमा ल्याइएको थियो । मन्दिर पुनर्निर्माण गरेर ती सामग्री लैजाने बेलामात्र सामग्री राखिएको कोठा खोल्ने संग्रहालयको तयारी छ । अरु बेला कोठा नखोलिने भएकाले सरसफाइसमेत भएको छैन । ती सामग्री कुन अवस्थामा छन् भन्नेसमेत जानकारी छैन ।

यस्ता सामग्रीको सुरक्षा गर्न आवश्यक आधुनिक सुविधा नहुँदा संरक्षण चुनौतीपूर्ण बनेको डंगोलको भनाइ छ । संग्रहालयमा रानीपोखरी, काष्ठमण्डप, त्रिपुरेश्वरलगायत १० वटा भन्दा बढी मन्दिरका मूर्ति, गजुर, राजाका शालिक, दियो, टुँुडाल, काठलगायत पुरातात्तिक वस्तुहरु राखिएको छ ।

पुनर्निर्माण नसकिएकाले रानीपोखरी, त्रिपुरेश्वर महादेव र हिरण्य हेम नारायण मन्दिरका सामाग्री संग्रहालयमै छ ।

काठमाडौंभित्रका सम्पदा भूकम्पमा भत्किएपछि पूरातात्विक महत्वका सामग्री नेपाली सेनाको ट्रकमा हालेर संग्रहालयमा ल्याएको थियो । एसी नभएको अवस्थामा सामान राखिएको कोठामा हावा खेल्नुपर्ने भएकाले कोठामा सजिलै हावाको पास हुने गरी राखिएको संग्रहालयले जनाएको छ ।

सम्पदाविद् प्रा.डा सुर्दशन तिवारी संग्रहालयमा पुरातात्विक सामाग्रीहरुको आयु बढाउन एसी राख्नुपर्ने बताउँछन् । ढुंगाका मूर्ति र सुनचाँदीबाट बनेको सामाग्रीका लागि एसी आवश्यक नभए पनि छाला र कागजबाट बनेका सामग्रीलाई बिग्रिन नदिन एसी जरुरी पर्ने उनी बताउँछन् ।

‘काठहरु पुरानो छ भने त्यस्तो बेला एसीले त्यसलाई लामो समय टिकाउन मद्धत गर्छ’ उनले भने ‘सग्रंहालयमा सामग्री हेरेर अकाईभ गर्नुपर्छ, सामग्रीअनुसार एसी राख्न सकिएन भने सन्तुलन नभएर ती सामानको महत्व मर्न सक्छ ।’

हुनमानढोका हेरचार अडाका प्रमुख अरुणा नकर्मीले भने पुरातात्विक सामग्री बलियो हुने भएकाले एसी अभावमा पनि नबिग्रने बताइन् । नेपालका संग्रहालयमा एसी नभए पनि पूरातात्विक सम्पदा कसरी टिक्छ भनेर विदेशीले पनि प्रश्न गरेको बताइन् । नेपालमा परम्परागत प्रविधिबाटै पूरातात्विक सम्पदाको संरक्षण भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment