Comments Add Comment

सुरक्षा र स्वरुपको ‘सुस्केरा’ले बल्ल पायो प्रदर्शन मिति

लामो समयदेखि प्रदर्शन मिति सार्दै अन्यौलमा रहेको चलचित्र ‘सुस्केरा’ अब भने रिलिज हुने भएको छ । यो चलचित्रलाई पौष १८ गतेबाट रिलिज हुने भएको छ । साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्र निर्माण भएको केही बर्ष भएपनि रिलिज भने हुन सकेको थिएन । प्राविधिक कारणले रिलिजमा ढिलाई भएपनि विषयवस्तुमा भने असर नपर्ने निर्माणपक्षको दाबी छ ।

यो चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका छ । यो चलचित्रले सुरक्षालाई नायिकाको रुपमा ब्रेक दिएको थियो । एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको चलचित्रमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि मुख्य भूमिका छ । ‘प्रेम भन्ने बितिकै जुन सोचाइ हाम्रो छ, त्यसभन्दा केही फरक गर्ने प्रयास चलचित्रमा गरिएको छ’ निर्देशक साम्तेनले भनेका छन् ।

नायक ढकालले चलचित्र खेल्न आएको अफर अस्विकार गर्न नसकेर अभिनयमा आएको बताए । ‘मुम्बईमा बसेर सिकेको अभिनय र हिन्दी सिरियल ‘गुमराह’ मा अभिनय गर्दा पाएको अनुभवले नै मलाई यो चलचित्रमा नायक बन्न उत्साहित गरेको हो, ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment