+

म्यानमारसँग नेपाल ३-० ले पराजित

२०७६ कात्तिक  २१ गते १८:३३ २०७६ कात्तिक २१ गते १८:३३
म्यानमारसँग नेपाल ३-० ले पराजित

२१ कात्तिक, काठमाडौं । म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ ।

घरेलु टोली म्यानमारसँग बिहीबार भएको खेलमा नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेको हो ।

म्यानमारका लागि खेलको तेस्रो मिनेटमा नै म्यीन्ट तुन अउङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा डेभिड हटनले गोल गरेपछि नेपाल २–० गोलले पछि परेको थियो ।

खेलको ६९ औं मिनेटमा म्यानमारले फेरि गोल गर्दै ३–० गोलको जित हात पारेको हो ।

विश्वकप छनोटको दोस्रो चरणको कुवेतविरुद्धको खेलको लागि तयारी स्वरुप खेलेको मैत्रीपूर्ण खेलमा नेपालले निकै निराशाजनक प्रदर्शन गरेको हो । नेपालले मंसिर तीनमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय