Comments Add Comment

भारतीय नक्साको विरोधमा वीरगञ्जमा जलाए मोदीको तस्वीर

२४ कात्तिक, वीरगञ्ज । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको भन्दै वीरगञ्जमा एक समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर जलाएको छ । वीरगञ्जको भारतीय महावाणिज्य दूतावास अगाडि देश बनाउ संघर्ष समितिको नाममा भएको प्रदर्शनमा मोदीको तस्वीर जलाइएको हो ।

यो समूहले घण्टाघरदेखि महावाणिज्यदूतावाससम्म प्रदर्शन गर्दै मोदीको तस्वीर जलाएको हो ।

भारतीय नक्साकै विरोधमा वीरगञ्जमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले पनि प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment