Comments Add Comment

‘बुलबुल’का मुकुन अब ‘अन्तरे’ बन्ने

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुन पक्का भएका हुन् । उनी शिर्ष भूमिकामा देखिनेछन् ।

चलचित्रको टिम राम्रो भएकाले आफूले काम गर्न लागेको मुकुनले बताएका छन् । उनले भने–‘बुलबुलबाट पाएको मायामा कुनै कमी नहोस् भनेर राम्रो कथा खोजिरहेको थिएँ । सोही समयमा अन्तरे चलचित्रको स्क्रिप्ट आइपुग्यो । चलचित्रको मुख्य पात्र अन्तरे बन्दैछु ।’

‘स्क्रिप्टमा जे लेखिएको छ सो कुरा चलचित्रमा देखाउन सकिने गरी लेखिएको छ । समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ’, उनले भने ।

चलचित्रको लागि अन्य कलाकारको छनोट भइरहेको निर्देशक चौलागाँइको भनाई छ । ‘रेड आइज फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुवास राईको लगानी रहने छ ।
मुकुनले यसै वर्ष अर्को चलचित्र ‘झिंगेदाउ’मा पनि काम गर्नेछन् । यो चलचित्रका लागि अहिले धमाधम सेट निर्माणको काम भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment