Comments Add Comment

स्वस्तिमालाई अप्ठ्यारो

नायिका स्वस्तिमा खड्का यसै बर्ष राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भइन् । चलचित्र ‘बुलबुल’मा उनले गरेको अभिनयकै कारण उनी ‘उत्कृष्ट नायिका’को पुरस्कार पाउन सफल भइन् ।

यो पुरस्कार पाएपछि स्वस्तिमाबाट दर्शक र समिक्षकलाई अपेक्षा पनि बढी भयो । उनले अभिनय गरेका चलचित्रको व्यापार अर्को पाटो भयो, उनको अभिनयमा धेरैको नजर गयो ।

तर, यो पुरस्कार पाएपछि स्वस्तिमाको अभिनयको चर्चा कमजोर बनेको छ । उनले अभिनय गरेका दुई चलचित्र ‘हजार जुनी सम्म र घामड शेरे’ यो बर्ष रिलिज भैसकेका छन् । दुबै चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लिएका छन् । दुबै चलचित्र हेरेर दर्शकले स्वस्तिमाको कामको प्रशंसा गर्न सकेनन् । न त समिक्षकले नै उनको कामको तारिफ गरे । बरु, स्वस्तिमाको यस्तो अभिनयले उनलाई करिअरको एउटा उचाइमा लैजान नसक्ने टिप्पणी भयो ।

एकातिर, बक्स अफिसमा चलचित्र चिप्लनु, अर्कोतिर अभिनयमा पनि कुनै चर्चा नहुनु, स्वस्तिमाका लागि फाइदाको कुरा होइन । कलाकार भएपछि हरेक किसिमका चलचित्र गर्न सक्नुपर्छ । स्वस्तिमाले पनि आफूले ‘मास र क्लास’ दुबै प्रकारका चलचित्र गर्दै आएको बताउँदै आएकी छिन् ।

छायांकनमा जाने तयारीमा रहेको ‘चपली हाइट ३’ यो बर्ष नै रिलिज हुने चर्चा छ । यो चलचित्रबाट स्वस्तिमाले अभिनयमा हुँदै आएको टिप्पणीको दरिलो जवाफ दिन आवश्यक छ । होइन भने, स्वस्तिमाबाट दर्शक निराश बन्नेछन् । यस्तो भएको खण्डमा चलचित्रमा दरिलो उपस्थिती जनाउँदै गरेकी नायिकाका लागि सुखद कुरा पक्कै हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment