+

इन्दौर टेष्टमा भारत इनिङ र १३० रनले विजयी

२०७६ कात्तिक  ३० गते १९:३६ २०७६ कात्तिक ३० गते १९:३६
इन्दौर टेष्टमा भारत इनिङ र १३० रनले विजयी

काठमाडौं । इन्दौर टेष्टमा भारतले बंगलादेशमाथि एक इनिङ र १३० रनको जित हात पारेको छ ।

भारतले शनिबार विहान थप एक बल समेत नखेली पारी समाप्तीको घोषणा गरेपछि भ्रमणकारी टोली ३४४ रनले पछि परेको थियो । तर बंगलादेश दोस्रो पारीमा २१३ रनमा अलआउट भयो ।

मुस्फिकर रहिमले सर्वाधिक ६४ रन बनाए । बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका मोहम्मद सामीले ४ विकेट लिए भने आर अश्विनले ३, उमेश यादवले २ र इशान्त शर्माले एक विकेट लिए ।

यसअघि बंगलादेश १५० रनमा अलआउट भएको थियो भने मयांक अग्रवालको दोहोरो शतकसँगै भारतले ६ विकेटको क्षतिमा ४९३ रन बनाएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय