
नायिका स्वस्तिमा खड्का मंगलबार बिहानै कार्यविनायक मन्दिरमा पुगिन् । पहेलो कुर्तामा सजिएकी स्वस्तिमा निकै नै खुलेकी थिइन् । चलचित्र ‘चपली हाइट ३’को शुभसाइत समारोहमा स्वस्तिमा पुगेकी हुन् । स्वस्तिमाले यो चलचित्रको बिषयलाई लिएर आफू अझै पनि दोधारमा रहेको प्रतिक्रिया दिइन् ।
स्वस्तिमा कार्यक्रमको प्रकृती अनुसार पहिरनमा सजिने गर्छिन् । पछिल्लो समय धेरै नायिका पहिरनमा चुजी बन्ने गरेका छन् । स्वस्तिमा पनि यो कुरामा सजग छिन् । नायिका खड्का चलचित्रलाई लिएर उत्साहित छिन् । स्वस्तिमा अभिनित २ चलचित्र यो बर्ष रिलिज भएका छन् ।
दुबै चलचित्रको व्यवसायिक असफलताको असर स्वस्तिमाको करिअरमा देखिएको छैन ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4