Comments Add Comment

‘मिस वर्ल्ड’मा ‘भिजिट नेपाल’को प्रचार गर्दै अनुष्का

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’मा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । उनले त्यहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्कासँगै लण्डनमा १२४ देशका सुन्दरीहरु पनि उपस्थित छन् । मिस वर्ल्डको तयारीसँगै अनुष्काले आफ्नो देशको प्रचार–प्रसार पनि गरिरहेकी छिन् । उनले ‘भिजिट नेपाल २०२०’ लाई विशेष रुपमा प्रचार गरिरहेकी छिन् ।

लण्डनमा उपस्थित भएका विभिन्न देशका सुन्दरीहरुलाई अनुष्काले भिजिट नेपाल २०२० को विषयमा जानकारी दिइरहेकी छिन् । उनले सुन्दरीहरुलाई नेपाल घुम्न बोलाएकी पनि छिन् । उनले नेपालको विभिन्न ठाउँ र साहसिक खेलहरुको विषयमा बताएकी पनि छिन् ।

सुन्दरीहरुलाई नेपालको बारेमा बताएको भिडियो उनले आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । उनले पोस्ट गरेको भिडियोमा निम्तो पाएका सुन्दरीहरु पनि उत्साहित देखिन्छन् ।

उनले अन्य सुन्दरीहरुलाई नेपाल सगरमाथाको देश भएको भन्दै आफ्नो देशलाई चिनाइरहेकी छिन् । अनुष्काको यो प्रचारले भिजिट नेपाल २०२० लाई विशेष सहयोग हुने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment