Comments Add Comment

‘सेल्फी किङ्ग टिजर’: विपिनलाई आफ्नै स्टारडम भारी

माघ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरले एउटा स्टार कलाकारको जीवनचक्र प्रस्तुत गरेको छ । चलचित्रको टिजर नायक विपिन कार्की वरिपरी नै घुमेको छ ।

सुरुवातमा आफ्नो स्टारडम देखेर दंग परेका विपिनलाई पछि सोही स्टारडम भारी परेको देखाइएको छ । यो टिजरमा एउटा संवाद छ–‘यो मुला स्टारडम मुतको न्यानो जस्तै हो । एकछिन तातो हुँदा मज्जा आउँछ । तर, जब चिसो हुन्छ नी अनी गन्हाउन थाल्छ, घिन लाग्न थाल्छ ।’

यो संवादले पनि चलचित्रले के कुरा भन्न खोजिरहेको छ भन्ने वुझ्न सकिन्छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रलाई सुभाष थापा र दिनेश राउतले मिलेर बनाएका हुन् ।

चलचित्रमा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माताको रुपमा छन् । सुशन प्रजापतिले खिचेको चलचित्रमा जीवन थापाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment