Comments Add Comment

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२४ मंसिर, रामेछाप । रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइक पछाडि सवार एक जना घाइते भएका छन् ।

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए ।

मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment