+

नेपाल निलो र जापानी टिमबीच भोलि दशरथ रंगशालामा फुटबल

२०७६ मंसिर  २६ गते १७:३७ २०७६ मंसिर २६ गते १७:३७
नेपाल निलो र जापानी टिमबीच भोलि दशरथ रंगशालामा फुटबल

२६ मंसिर, काठमाडौं । नेपाल र जापानी फुटबल टिमबीच शुक्रबार दशरथ रंगशालमा मैत्रीपूर्ण खेल हुने भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेको नेपाल यू २३ टिमले नै खेल्ने भनिए पनि केही खेलाडी घाइते रहेकोले अन्य खेलाडी समेटेर नेपाल निलो टिमलाई खेलाउन लागिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

निलो टिममा राष्ट्रिय टिमदेखि उमेर समूहमा खेलेका खेलाडीहरु समावेश हुनेछ । जापानी टिममा भने जापान फुटबल लिग जेएफएल खेल्ने क्लबहरुबाट खेल्ने यू २२ मिश्रित टिम हुनेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे शुरु हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

खेल हेर्नका लागि रंगशालको भीआईपी प्याराफिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखिएको छ । यसैगरी जापानी टोलीले आइतबार दशरथ रंगशालमै ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०