+
+

नम्रताको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १३:२९

नायिका नम्रता सापकोटा फेसनको दुनियाँमा अगाडि छिन् । कार्यक्रमको प्रकृती अनुसार पहिरन लगाउन उनी सिपालु मानिन्छिन् । डिजाइनरसँगको सहकार्यमा पहिरन रोज्ने भएका कारण पनि उनको पहिरन चर्चामा रहन्छन् ।

एक कार्यक्रममा लेहेङ्गमा सजिएकी नम्रता आकर्षक देखिइन् । नेपाली चलचित्र क्षेत्रमा नम्रताको क्रेज कमजोर छ । नम्रतालाई लिएर चलचित्र बनाउन मेकरले इच्छा भने कमै देखाउँछन् । उनको पछिल्लो रिलिज चलचित्र ‘समर लभ’ बक्स अफिसमा असफल भयो । यसपछि, उनले नयाँ चलचित्र साइन गरेको खबर छैन ।

म्यूजिक भिडियोमा फाट्टफुट्ट देखिने यी नायिका विदेश कार्यक्रममा भने बढी व्यस्त भएको पाइन्छ । करिअर जुनसुकै मोडमा कुदेपनि नम्रताको फेसन भने सही बाटोमा नै कुँदिरहेको छ ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?