+

कालिका रनिङ शिल्ड आयोजकलाई

२०७६ पुष  ८ गते ८:४१ २०७६ पुष ८ गते ८:४१
कालिका रनिङ शिल्ड आयोजकलाई

८ पुस, बुटवल । प्रथम कालिका रनिङ शिल्ड प्रतियोगिताको उपाधि आयोजक कालिका मानवज्ञान मावि बुटवलले जितेको छ । बुटवल उपमहानगरपालिका भित्रका सामुदायिक र निजी गरी ४० विद्यालयका १२ सय खेलाडीले भाग लिएको प्रतियोगितामा कालिका मानवज्ञानले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कूल १६ पदक जित्दै रनिङ शिल्ड हात पारेको हो ।

रनिङ शिल्डसँगै आयोजकले नगद ५० हजार रुपैयाँ पनि पाएको छ ।

यसैगरी बुटवलको एभरेष्ट बोर्डिङ स्कूल ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित दोस्रो र न्यू होराइजन मावि बुटवल १ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित तेस्रो भएका छन् ।

यस्तै मणिमुकुन्द माविले १ स्वर्ण र १ रजत तथा नवीन औद्योगिक कदर बहादुर रीता माविले १ कास्य पदक प्राप्त गरेका रनिङ शिल्ड प्रतियोगिताका संयोजक हरिबहादुर ओलीले जानकारी दिए ।

दोस्रोले ३० हजार र तेस्रोले नगद २० हजार पुरस्कार पाएका छन् । विजयी खेलाडीलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष होमबहादुर गलामी र प्राचार्य घनश्याम पाठकले शील्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय