+
+

प्रहरी जवानले गरे आगो दन्किरहेको कोठाबाट बालकको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते २०:०८
Photo Credit : चन्द्र आले/अनलाइनखबर

१७ पुस, काठमाडौं । प्रहरी प्रभाग, कोटेश्वरका जवान अजय मण्डल बिहीबार दिउँसो खाना खानलाई कोटेश्वरकै झोलुङ्गे पुल छेउ रहेको कोठामा पुगेका थिए ।

चिसोका कारण बाक्लो लुगा लगाएर बसेर उनले खाना खाँदै गर्दा अस्वभाविक राप महसुस गरे । निरन्तर राप आएपछि उनलाई शंका लाग्यो । ‘बाहिर गएर हेर्दा पल्लो कोठामा आगो दन्किरहेको रहेछ’, उनी भन्छन् । आगो लागिरहेका वेला ४ वर्षका बालक भने झ्याल छेउमा हेरिरहेका थिए ।

‘बच्चा देख्ने वित्तिकै हाम्रा जवानले बच्चालाई उद्दार गरेर निकालेका थिए’, महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले अनलाइनखबरसँग भने, ‘त्यसपछि हामीलाई जानकारी गराएर दमकमल लगायत बोलाइएको थियो ।’

आगोलागीबाट कोठाको सबै सामान जलेर नष्ट भएको छ । ज्याला मजदूरी गर्ने बुबाआमा घरमा नभएका वेला मन्टेश्वरीबाट आएर बालकले ग्यास बाल्न खोज्न आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, आगलागीको कारणबारे अनुसन्धान भइरहेको कोटेश्वर प्रभागकी प्रहरी निरीक्षक सुभद्रा वाइवा बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?