+

ए डिभिजन लिगको खेल दुई दिन पछि सर्‍यो

२०७६ पुष  १८ गते १७:२८ २०७६ पुष १८ गते १७:२८
ए डिभिजन लिगको खेल दुई दिन पछि सर्‍यो

१८ पुस, काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।

शुक्रबार काठमाडौंमा पानी परेपछि मौसम खराब भएको र दशरथ रंगशालाको अवस्था खेल खेलाउन मिल्ने नभएका कारण स्थगित गरेको हो ।

लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

अब शनिबार तय भएको मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब तथा जावलाखेल र एनआरटीबीचको खेल सोमबार हुनेछ । त्यसपछि हरेक दिनको खेल दुई दिन पछि हुनेछ ।

एन्फाको लिग कमिटीको शुक्रबार बसेको बैठकले लिग दुई दिन पछि सार्ने निर्णय गरेको हो ।

ए डिभिजन लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय