+

रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्स विजयी

२०७६ पुष  २२ गते १०:३४ २०७६ पुष २२ गते १०:३४
रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्स विजयी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा काग्लियरीलाई ४–० ले पराजित गरेको छ । घरेलु मैदानमा पहिलो हाफमा युभेन्ट्सले गोल गर्न नसके पनि दोस्रो हाफमा रोनाल्डोले ह्याट्रिक गरे ।

उनले खेलको ४९ औं ,६७ औं र ८२ औं मिनेटमा गोल गर्दै सिरी एमा पहिलो ह्याट्रिक पूरा गरे । गोन्जालो हिग्वेनले ८१ औं मिनेटमा गोल गरे । जितपछि ८ खेलबाट ४५ अंकसहित युभेन्ट्स शीर्ष स्थानमा छ। एक खेल कम खेलेको इन्टर मिलानको ४२ अंक छ ।

रोनाल्डोले युरोपको टप फाइभ लिगमा यो ३६ औं ह्याट्रिक हो । रोनाल्डोपछि रहेका लिओनल मेसीले ला लिगामा ३४ ह्याट्रिक गरेका छन् । यस्तै एलेक्स सान्चेजपछि सिरी ए, ला लिगा र प्रिमियर लिगमा ह्याट्रिक गर्ने रोनाल्डो पहिलो खेलाडी समेत बनेका छन् । रोनाल्डोले युभेन्ट्सका लागि गत सिजन च्याम्पियन्स लिगमा ह्याट्रिक गरे पनि इटालियन सिरी ए मा भने पहिलो हो ।

समग्रमा रोनाल्डोको यो ५६ औं ह्याट्रिक हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय