+

ए डिभिजन लिगमा आज दुई खेल हुँदै 

२०७६ पुष  २३ गते १०:३४ २०७६ पुष २३ गते १०:३४
ए डिभिजन लिगमा आज दुई खेल हुँदै 

२३ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज  दुई खेल हुँदैछन् । १२ बजे शुरु हुने पहिलो खेलमा थ्री स्टार कलब र ब्रिगेड ब्वाइज क्लब तथा ३ बजे शुरु हुने दोस्रो खेलमा नेपाल पुलिस र च्यासल क्लब भिड्दैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ  ।

चार खेलबाट थ्री स्टार नेपाल पुलिसको समान ७ अंक छ । ब्रिगेडको ६ र च्यासलको ४ अंक छ ।

थ्री स्टारले दुई खेल जित्दा १ बराबरी गरेको थियो । एक खेलमा भने हार बेहोरेको थियो । यस्तै पुलिसले थ्री स्टारसँग मात्र हार बेहोरेको थियो । बाँकी दुई जित र १ बराबरी नतिजा निकालेको थियो ।

यस्तै ब्रिगेडले ४ मध्ये दुई खेल जितेको थियो भने २ खेलमा हार बेहोरेको थियो । च्यासलले शुरुवाती दुई खेलबाटै ४ अंक जोडे पनि त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो । च्यासलले एक जित र एक बराबरीबाट ४ अंक जोडेको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय