+

 म्यानचेष्टर डर्बीमा सिटीको जित

२०७६ पुष  २३ गते १०:३१ २०७६ पुष २३ गते १०:३१
 म्यानचेष्टर डर्बीमा सिटीको जित

२३ पुस, काठमाडौं । इएफएल कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भउको म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले ३-१ को जित हात पारेको हो ।

सिटीको जितमा बर्नानर्डो शिल्भाले एक गोल गर्नुका साथै एक असिस्ट गरे । युनाइटेडले एक आत्मघाती गोल उपहार दिए । । युनाइटेडका लागि मारकुस रासफोर्डले एक गोल फर्काए ।

१७औं मिनेटमा बर्नानर्डो शिल्भाले गोल गर्दे सिटीलाई अग्रता दिलाएका थिए । शिल्भाकै पासमा ३३औं मिनेटमा रियाद महारेजले गोल गर्दै अग्रता दोब्बर पारे। ३९औं मिनेटमा युनाइटेडका आन्द्रेज परेइराले आत्मघाती गोल गरेपछि सिटीले पहिलो हाफमै ३-० को अग्रता बनाउको थियो ।

दोस्रो हाफमा युनाइटेडले एक गोल फर्कायो । ७०औं मिनेटमा रासफोर्डले गोल गरे ।

सेमिफाइनलको दोस्रो लेग जनवरी २९ मा सिटीको मैदानमा हुनेछ । अर्को सेमिफाइनलमा आज लेस्टर सिटी र एस्टन भिल्लाबीच पहिलो लेगको खेल हुँदैछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय