२३ पुस, काठमाडौं । सन्तोष साहुखलले ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । यो सिजन च्यासल युथ क्लवबाट खेलिरहेका उनले बुधबार नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले उक्त कोसेढुङ्गा पूरा गरेका हुन् ।
१७ औं मिनेटमा च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न त प्रयास गरे पनि पूर्ण क्लियर गर्न नसक्दा सन्ताषे साहुखलले गोल गरे ।
यस सिजनमा उनको यो चौथो गोल हो ।
सिजनको पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । तर एनआरटी र जावलाखेलसँग भने उनले गोल गर्न सकेका थिएनन् ।
२०६० मा थ्री स्टारबाट लिग खेल्न सुरु गरेका सन्तोषले पहिलो सिजन ६ गोल गरेका थिए ।
उनले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए ।
लिगमा सन्तोषको गोल
२०६० : ६ गोल (थ्री स्टार)
२०६१ : ६ गोल (एपीएफ)
२०६२ : ९ गोल (थ्री स्टार)
२०६३ : ११ गोल (थ्री स्टार)
२०६६-६७ : १९ गोल (थ्री स्टार)
२०६८ : १६ गोल (मनाङ)
२०६९ : १७ गोल (थ्री स्टार)
२०७० : ९ गोल (थ्री स्टार)
२०७५ : ३ गोल (च्यासल)
२०७६ : ४ गोल (च्यासल) खेल जारी
प्रतिक्रिया 4