Comments Add Comment

फेसबुक : खाँदा, बस्दा, सुत्दा

श्रीखण्ड कि खुर्पाको बिँड ?

मानौं तपाईंले पारिवारिक जमघटको मेलोमेसो मिलाउनुभयो । आगन्तुकहरु आए । अब तपाईंहरुबीच भलाकुसारी हुनुपर्ने हो । सुखदुःखका कुरा हुनुपर्ने हो । तर, पाहुना आउनसाथ तपाईंहरुबीच एकअर्काको हालखबर सोध्ने र बुझ्ने काम हुँदैन । बरु, यस्तो प्रश्नोत्तर हुन्छ ।

-वाइफाई होल ?

-पासवर्ड के राख्नुभएको छ ?

ठट्यौली नै छ, जब घरमा कोही पाहुना आउँछन् । हालखबर सोध्नुअघि वाइफाईको पासवर्ड सोध्छन् ।

पारिवारिक जमघटमा खाने, रमाउने, भलाकुसारी गर्ने क्रम ठप्प हुन्छ । एकजना एकातिर फर्कन्छन्, अर्को अर्कैतिर ढल्कन्छन् । सबै फेसबुक वा यस्तै माध्याममा मग्न हुन्छन् ।

सामाजिक सञ्जालको उत्पत्ति हुनुभन्दा अगाडि मानिसहरु एक-आपसमा भेटघाट गर्ने, कुराकानी गर्ने र बालबालिकाहरु साथीभाइसँग खेल्ने गर्थे । तर, जबदेखि सोसल मिडियाका उत्पत्ति भयो । सबैजना मोबाइलमा व्यस्त हुन थाले । यसरी मानिस मानिससँग टाढा हुन थाले र मोबाइल भित्रको सामाजिक सञ्जालसँग नजिकिन थाले ।

तपाईं पनि आफ्नो अधिकतम समय फेसबुक, युट्युव, इन्स्टाग्राम र ट्वीटरमा व्यतित गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईंले यो लेखलाई पूरा पढ्नु आवश्यक छ । सामाजिक सञ्जाल कति शक्तिशाली छ भन्ने कुरा तपाईंलाई थाहा नै छ । सामाजिक सञ्जालको शक्तिले संसारका कुनै पनि व्यक्तिलाई तपाईंसँग भेटाउन सक्छ र सामाजिक सञ्जालको शक्तिले तपाईंलाई तपाईंको परिवारसँगै भएर पनि टाढा समेत बनाउन सक्छ ।

यसको चपेटाबाट कोही बच्न सकेको छैन । यसले महिला, पुरुष, बच्चा, बृद्धदेखि हरेक जाति, हरेक देशका नागरिकलाई आफ्नो चपेटामा लिइसकेको छ । अहिले सबै यो मानव निर्मित संसारमा हराउन थालेका छन् । हामी दिनमा १०० देखि २०० पटकसम्म फोन उठाइरहेका हुन्छौं । उठ्दा, बस्दा, खाँदा, पिउँदा, आउँदा, जाँदा, सुत्दा, ब्यूँझिँदा केवल सामाजिक सञ्जालकै प्रयोग गरिरहेका हुन्छौं । स्वयंका लागि त हामीले समय नै निकाल्न बिर्सिसकेका छौं । आज इन्टरनेट कनेक्टिभिटी खाना खानुभन्दा बढी महत्वपूर्ण भएको छ ।

हामी इन्टरनेटको चक्करमा धेरै बनावटी भएका छौं । यदि एक दिनका लागि इन्टरनेट बन्द भयो भने हामीबीच के नभएको जस्तो अनुभव हुन्छ । हामी कति लाइकहरु, कति कमेन्टहरु र कति सेयरहरु भए भनेर गन्दै बस्छौं । हामी आफ्नो वास्तविक महत्वलाई बिर्संदै गइरहेका छौं । शिक्षाको ठाउँ इन्टरटेनमेन्टको नशाले लिएको छ ।  केही कुरा सिक्नका लागि इन्टरनेट कुनै बरदानभन्दा कम छैन । तर, यसमा समय बिताउनेका लागि भने मदिराको नशा जस्तै हो ।

इन्टरनेटमा खेलको राउण्ड पूरा गरेर मानिस एउटा सफलताको अनुभव गर्छन् । तर, वास्तविक जीवनको लक्ष्य प्राप्त हुँदा जुन सफलता पाइन्छ, त्यसको अनुभव भिन्दै किसिमको हुन्छ ।

इन्टरनेट एउटा राम्रो गुरु हो । जसलाई एउटा प्रश्न गर्‍यो भने एक सेकेन्डभन्दा पनि कममा जवाफ दिन्छ । इन्टरनेट हामीलाई सिकाउनका लागि बनेको हो । हामीलाई एउटा राम्रो मानिस बनाउनका लागि नै बनेको हो । टाढा भएकालाई नजिक ल्याउनका लागि बनेको हो । संसारमा के हुँदैछ भन्ने कुराको जानकारी दिनका लागि बनेको हो ।

कुनै राम्रो कुरालाई हदभन्दा बढी गरेपछि त्यो हाम्रो लागि नराम्रो हुन्छ । यो हामी मानिसको बानी हो । इन्टरनेटसँग पनि त्यस्तै भइरहेको छ । त्यस्तै भएको छ मोबाइलसँग र त्यस्तै भएको छ सोसल मिडियासँग पनि ।

हामी हरेक समय मोबाइलसँग टाँसिरहन्छौ । मोबाइल बिना हामी घरबाट बाहिर पाइला राख्दैनौं । कुनै पनि म्यासेज, कुनै पनि नोटिफिकेसन खेर जान दिँदैनौ । हरेक समय त्यसलाई चेक गर्ने र जवाफ दिने क्रम भइरहन्छ ।

हद त त्यतिबेला हुन्छ, जब हामी आफू सँग-सँगै आफ्ना बालबालिकालाई पनि यसको चपेटामा ल्याउँछौ । हामी आफूमा यति व्यस्त हुन्छौं । हामीसँग आफ्नो बच्चासँग कुरा गर्नेसम्म पनि समय हुँदैन र हामीलाई दुःख नदिउन् भन्ने उद्देश्यले हामी मोबाइलमै उनीहरुलाई इन्टरनेट कनेक्ट गरिदिन्छौं ।

बालबालिकालाई व्यस्त राख्नका लागि अपनाइएका यी तरिकाहरुले तपाईंका बच्चालाई तपाईंबाट नै टाढा गर्न पनि सक्छ । हालसालै गरिएको एउटा सोध अनुसार डिजिटल उपकरणहरुको धेरै उपयोगले ठूलादेखि बच्चाहरुसम्म आँखाको ज्योति कम हुन्छ, आँखा बिग्रनु, टाउको दुख्नु, ध्यान केन्दि्रत गर्न कठिनाई जस्ता लक्षण देखिन्छ ।

के तपाईंलाई थाहा छ इन्टरनेटमा गेम खेल्ने कारणले बालबालिकाहरुमा  मनोवैज्ञानिक रोगहरु पनि उत्पन्न हुन थालेको छ । इन्टरनेटमा गेम खेल्नबाट रोक्यो भने बालबालिकाहरु डराएको महसुस गर्दछन् ।

अधिकांश बालबालिकाहरु सुपर हिरोहरुलाई नै आफ्नो आदर्श मान्छन् र उनीहरुसँग एक प्रकारको झुकाव महसुस गर्छन् । सुपर हिरोहरुसँग जोडिएका बालबालिकाहरुको पागलपन प्राणघातक समेत सावित हुनसक्छ ।

हाम्रै देशमा नै इन्टरनेट प्रयोग गर्ने प्रसंगमा अमेरिकालाई समेत पछाडि पारिसकेको छ । एउटा अनुमानका अनुसार सन् २०२१ मा भारतमा इन्टरनेट प्रयोग गर्नेहरुको संख्या करिव ७३ करोड हुनेछ । त्यो बेला उक्त देशका भविष्य -बालबालिकाले उक्त लतबाट बच्नु पर्नेछ । अन्यथा यसको नतिजा निकै भयानक पनि हुनसक्छ ।

त्यसैले, आजकै दिनदेखि समझदार बन्नु होस् । यो इन्टरनेटको नोकर होइन, मालिक बन्नु होस् । यसले तपाईंलाई प्रयोग नगरोस् । आफ्नो परिवारसँग, आफ्ना साथीभाइसँग मूल्यवान समय बिताउनु होस् । इमोजीसँग-सँगै जीवनका वास्तविक इमोशनहरुलाई पनि अनुभव गर्नु होस् । त्यसपछि तपाईं स्वयंलाई लाग्ने छ, यो संसार कति सुन्दर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment