+
+
Shares

माघे सङ्क्रान्ति मनाउन कैलारी गाउँपालिकामा तीन दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १७:५०

२८ पुस, धनगढी । माघे सङ्क्रान्तिको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको गाउँ सभाको बैठकले माघी पर्वको अवसरमा माघ १, २ र ३ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

थारु समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा करिब ९३ प्रतिशत थारु समुदायको बसोबास छ । नयाँवर्षको रूपमा थारु समुदायले माघी पर्व माउने गर्दछन् ।

सोमबार नै एक सूचना जारी गर्दै प्रदेश सरकारले पनि माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?