Comments Add Comment

गुल्मीमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

२९ पुस, गुल्मी । गुल्मीमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने तयारी गरिएको छ ।

यसअघि जिल्लामा प्रशासन कार्यालयबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई स्थानीय तहसम्म पुर्‍याउनका लागि जनप्रतिनिधिसँग छलफलसमेत गरिएको छ ।

स्थानीय तहमा कसरी सञ्चालन गर्ने भन्नेबारे १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले जानकारी दिए ।

कार्यक्रममा नागरिकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र आधारभूत पहिचान र बहुउपयोगी भएको जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा सत्यतथ्य र यथार्थलाई विशेष ध्यानदिन आग्रह गरे । अभियानलाई विशेष महत्व दिएर स्थानीय तहले आˆनो ठाउँमा व्यापक रुपमा प्रचारप्रसार गर्न आग्रह गरे ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले राष्ट्रिय परिचयपत्र विवरण भर्नको लागि प्रचार-प्रसारको लागि स्थानीय सम्पूर्ण सञ्चार माध्यमबाट जानकारी गराउने बताए ।

राष्ट्रिय परिचय पत्र वितरणका लागि पहिलो चरणमा गुल्मीसहित झापा, संखुवासभा, महोत्तरी, ललितपुर, रसुवा, सप्तरी, स्याङ्जा, तनुहँ, चितवन, कपिलवस्तु, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर गरी १५ जिल्लामा विवरण संकलन कार्य सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment