Comments Add Comment

नेपाल वायुसेवा निगम ‘भ्रमण वर्ष २०२०’ को आधिकारिक वायुसेवा

१ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालय बीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ ।

भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्ने सहमतिसमेत भएको छ । यसअघि निजी क्षेत्रको टर्किस एयरलाइन्सलाई आधिकारिक वायुसेवा घोषणा गरेको भ्रमण वर्ष सचिवालयले राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई समेत आधिकारिक वायुसेवा कम्पनीका रुपमा तोकेको हो ।

नेपाल भ्रमण वर्षको अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिने भएको छ ।

सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवर्द्धनलाई मद्दत पुर्‍याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गर्ने सहमति भएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई समेत सहभागी गराइनेछ ।

सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment