Comments Add Comment

‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

चैत्र २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ ।

गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ ।

चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment