Comments Add Comment

युवा व्यवसायीले पोखरामा खोले बिर्यानी हाउस

१ माघ, काठमाडौं । पोखराको लेकसाईडमा बिर्यानीका पारखीलाई लक्षित गरी ‘द बर्गर एन्ड बिर्यानी हाउस’ सञ्चालनमा आएको छ ।

पर्यटकिय शहर पोखरामा बिर्यानी पारखीका लागि लेकसाईड १७ नं स्ट्रीटमा रेस्टुरेन्ट सन्चालनमा आएको हो ।

चिकेन, मटन र हैदरावादी दम बिर्यानीको स्वाद पस्कने लक्ष्यसहित रेष्टुरेन्ट संचालनमा आएको यो रेष्टुरेन्टमा युवा व्यवसायी ईश्वर काप्री र मनोज अधिकारीले लगानी गरेका छन् ।

बिर्यानी एण्ड बर्गर हाउसमा बिर्यानी र बर्गरसहित इन्डियन, चाईनिज, कन्टिनेन्टल र नेपाली परिकारसमेत राखिएका छन् । नेपाल भ्रमण बर्ष २०२० को उपलक्ष्यमा पोखरा घुम्न आउने पर्यटकहरुलाई स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट संचालनमा ल्याएको सञ्चालक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment