+

न्यू डायमण्डकी प्रतिभा माली घाइते

२०७६ माघ  १० गते १६:२६ २०७६ माघ १० गते १६:२६
न्यू डायमण्डकी प्रतिभा माली घाइते

काठमाडौं । क्लब च्याम्पियनसिप भलिबल अन्तर्गत फाइनल खेलमा न्यु डायमण्ड क्लबकी खेलाडी प्रतिभा माली घाइते भएकी छिन् ।

राष्ट्रिय टिमकीसमेत स्पाइकर रहेकी प्रतिभा तेस्रो सेटमा घाइते भएकी हुन् । डायमण्डको स्कोर २३-२० बनाउन स्पाइकिङ गर्दा प्रतिभालाई घुँडामा चोट लागेको हो ।

प्रतिभा कोर्टमै ढलेकी थिइन् । उनलाई थप उपचारका लागि ब्लु क्रस अस्पतालमा लगिएको छ । उनको घुँडामा रगत जमेकाे छ । हड्डीमा असर छैन ।

तर, लिगामेन्ट च्यातिएकाे हुन सक्ने आशंकामा ब्लु क्रस अस्ताल लिइएको बताइएको छ  । चोटको अवस्था रगत हटाएर एमआरआई गरेपछि मात्रै थाहा हुने छ ।

एपीएफसँग सुरुको दुई सेट हारे पनि डायमण्डले तेस्रो सेट २५-२३ ले जित्दै खेललाई २-१ को अवस्थामा पुर्‍याएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय