+
+
Shares

धुर्मुश सुन्तली फाउन्डेसनलाई जगदम्बा सिमेन्टको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते २०:२९

१४ माघ, काठमाडौं । चितवनस्थित गौतम बुद्घ क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्घ कि्रकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित जगदम्बा सिमेन्टले रु. १० लाख बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ ।

समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तरराष्ट्रिय कि्रकेट रंगशाला निर्माण उद्देश्यले थालिएको अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसन मार्फत सरिक भएको कम्पनीले बताएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो कि्रकेट क्रेज अझ व्यवस्थापन तथा प्रबर्द्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुने जगदम्बा सिमेन्टले बताएको छ ।

‘धुर्मुश सुन्तली फाउन्डेसनले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ । २०७२ को महाविनाशकारी भुकम्पको पुर्निमाणमा धुर्मुश सुन्तली फाउन्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनिय रहेको छ । महोत्तरी,  बर्दिबासस्थित  नमुना मुशहर बस्ती फाउन्डेसनको नमुना योग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकिकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,’ राष्ट्र र समाजमा योगदान पुर्याउनुहने व्यक्ति तथा संस्था सबै प्रति जगदम्बा सिमेन्टको सदैब साथ, सहयोग र सद्भाव रहिरहनेछ ।’

जगदम्बा सिमेन्टले धुर्मुश सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतम बुद्घ कि्रकेट रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरको सहर्ष जानकारी पनि दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?