+

साग फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही साढे ५ लाख दिइने

२०७६ माघ  २६ गते १५:१७ २०७६ माघ २६ गते १५:१७
साग फुटबलमा स्वर्ण जित्ने खेलाडीलाई जनही साढे ५ लाख दिइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले १३औं दक्षिण एसियाली फुटबल सागमा स्वर्ण जित्ने टिमका प्रत्येक खेलाडीलाई नगद ५ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले घरेलु भूमिमा स्वर्ण जित्ने खेलाडीलाई नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाल यू२३ टिमले फाइनलमा भुटान यू२३ लाई २-१ ले पारजित गर्दै लगातार दोस्रो पटक नेपाललाई स्वर्ण दिलाएको थियो ।

यस्तै १३औं सागमै महिला फुटबलमा रजत जितेको महिला टिमका खेलाडी नगद १ लाख ५० हजारका दरले सम्मान गरिने भएको छ ।

यस्तै बी डिभिजन लिगको विजेतालाई १५ लाख दिने र सहभागी सबै क्लबलाई १० लाखका दरले प्रदान गरिने समेत एन्फाले निर्णय गरेको छ । यसैगरी सी डिभिजनमा सहभागी टिमलाई ७ लाख प्रदान गरिने भएको छ ।

यसैगरी महिला लिग फुटबलको विजेतालाई नगद १५ लाख प्रदान गर्ने निर्णय समेत भएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०