Comments Add Comment

के ‘साङ्लो’ गलत समयमा रिलिज भएको हो ?

नायक विराज भट्टको निर्माण, निर्देशन तथा अभिनयमा तयार भएको चलचित्र ‘साङ्लो’ शुक्रबारदेखि हलमा लागिरहेको छ । चलचित्रको व्यापार अपेक्षित छैन । चलचित्रले शनिबार काठमाण्डौका सिंगल हलमा सुखद व्यापार गर्यो । मल्टिप्लेक्समा चलचित्रको व्यापार कमजोर छ ।

लामो समयदेखि नेपाली चलचित्र हेर्न हलमा दर्शक आएका छैनन् । उसो त, हलमा हिन्दी चलचित्र हेर्ने दर्शक पनि छैनन् । यसैले पनि लामो समयपछि हलमा दर्शकको चहलपल त विराजको चलचित्रका कारण बनेको छ, तर यतिले मात्र निर्माताको लगानी सुरक्षित गर्न सक्दैन ।

विराज भट्ट र निकिता चण्डकको मुख्य भूमिका रहेको यो चलचित्रका वितरक गोपाल कायस्थ भन्छन्–‘चलचित्रको व्यापार सिंगल हलमा सुखद छ । लामो समयपछि हलमा दर्शक फर्किएका छन् । विशेषगरि, गोपिकृष्ण, अष्टनारायण, गुण जस्ता हलमा व्यापार राम्रो छ ।’

असोजदेखि चलचित्र नचलिरहेको अवस्थामा रिलिज भएका कारण पनि ‘साङ्लो’लाई समस्या परेको विश्लेषण गर्न सकिन्छ । चलचित्र एक दुई महिना ढिलो गरेर रिलिज भएको भए यसले आक्रामक व्यापार गर्ने विश्लेषण अहिले यसको निर्माणपक्षले पनि गर्न थालेको छ ।

चलचित्र ‘साङ्लो’को व्यापार अपेक्षाकृत नहुनुमा यसको रिलिज मिति पनि एउटा कारण हो । मल्टिप्लेक्समा कमजोर व्यापार गरेको चलचित्रले सिंगल हललाई केही राहत दिएपनि निर्मातालाई राहत नदिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment