Comments Add Comment

ओक्सेम्बर्ग अब नेपालमा

१ फागुन, काठमाडौं । विश्वमै सुपरिचत तथा विश्वनीय भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा पनि फागनु १ गतेदेखि खुलेको छ ।

सिभिलमलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान पनि यसको स्टोरहरू खुलिसकेका छन् । सिभिलमलकमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन् ।

यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन् । यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान हुने पक्का छ ।

आफ्ना सम्भावित ग्राहकहरुसम्म आफ््ना पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेको छ ।

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ ।

हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर अद्वितिय ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं ।’

स्टोरको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्धाटन गरेको थिए । उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

‘ ओक्सेम्बर्र्गको विशेषता भनेकै उचित मूल्यमा पुरुष लुगाको फेशनको उपलब्धता हो । ब्राण्डको लक्ष्य भनेकै आजको युवाको जीवनशैलीसँग मेल खाने गरी उनीहरुको चाहना र सोच बमोजिमका नयाँ उत्पादनहरु बजारमा ल्याउनु हो,’ ड्यानियलले भने ।

ओक्सेम्बर्ग सियारामको एक ब्राण्ड हो । सियाराम ३० वर्षको उच्च प्रविधियुक्त अध्ययन, अनुसन्धान तथा विकास गर्ने समुहका कारण भारत तथा विदेशमा पनि नविन उत्पादन तथा डिजाइनका लागि छुट्टै परिचय बनाएको ब्राण्ड हो ।

पुरुष लुगाको क्षेत्रमा अत्याधिक रुचाइएको अक्सेम्बर्गले विश्वभरका १५०० शहरमा आफ्नो २५०० एमबीओ, १२० ईबीओ र एलएफआरको सञ्जाल विस्तार गरेको छ ।

ब्राण्डले हाल चलेको फेशन र परिवर्तित शैलीलाई पछ्याउँदै गुणस्तरीय र उचित मुल्यमा संस्थाले मागे जस्तो व्यक्तिलाई सुहाउँदो किसिमका लुगाहरुको ल्याउने वाचा गर्छ । सियाराम सिल्क लिमिटेड भारतको एक अग्रिणी कपडा उत्पादन गर्ने कम्पनी हो ।

वार्षिक कारोबार २५ अर्ब भारतीय रुपैयाँ रहेको यसले ओक्सेम्बर्र्गको बजारलाई भारत तथा विदेशमा पनि बढाउँदै लैजाने उद्देश्य राखेको छ । थप जानकारीका आवश्यक परेमा हामीलाई सम्पर्क गर्न हुन अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment