Comments Add Comment

मैत्रीपूर्ण क्रिकेट : सिने पत्रकारद्वारा सेन्टी भाइरस पराजित

चितवन । चलचित्र पत्रकार टिमले मैत्रीपूर्ण क्रिकेट खेलमा आगामी फागुन ९ गतेबाट देशभर प्रर्दशनमा आउने चलचित्र सेन्टी भाइरसको टिमलाई ८ विकेटले पराजित गरेको छ ।

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा परिसरमा शुक्रबार भएको खेलमा सेन्टी भाइरस टिमले दिएको १३८ रनको लक्ष्य पछ्याएको सिने पत्रकारको टिमले १५ ओभरमा ८ विकेटको रक्षा गर्दै जित निकालेको हो ।

सिने पत्रकारको टिममा सन्दिप सापकोटा, दिनेश सिटौला, संगम क्षेत्री, खगेन्द्र बुढाथोकी लगायतले खेलेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको सेन्टी भाइरस टिमले १९.१ ओभरमा अल आउ हुँदै १३७ रन बनाएको थियो ।

सेन्टी भाइरसको टोलीमा चर्चित कलाकारहरु सिताराम कट्टेल धुर्मस, नायक दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल लगायतले खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment