+

गर्भावस्थामा यौन सम्बन्ध राख्न उचित हुन्छ ?

२०७६ फागुन  ४ गते १८:४२ २०७६ फागुन ४ गते १८:४२
गर्भावस्थामा यौन सम्बन्ध राख्न उचित हुन्छ ?

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यदि हुन्छ भने कुन अवधीसम्म ? यस्तो अवस्थामा कुनै विशेष आसन अपनाउनुपर्छ ?

अक्सर दम्पतीमाझ उठ्ने प्रश्न हो यो ।

गर्भावस्थाको यौन सम्बन्ध कति सुरक्षित हुन्छ ? यससँगै अर्को प्रश्न पनि उठ्न सक्छ कि गर्भावस्थाको यौन सम्बन्ध के आनन्ददायक हुन्छ ? यसमा कुनै पीडा हुँदैन ? अप्ठ्यारो हुँदैन ?

चिकित्सकहरु भन्छन्, ‘गर्भावस्थामा सामान्य रुपमा चलिरहेको छ भने यौन सम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’

तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

गर्भावस्था सामान्य रुपमा चलिरहेको छ भने यौन सम्पर्क गर्दा गर्भपातको जोखिम हुँदैन । यसैगरी योनीको संक्रमणको भय पनि रहँदैन । कतिपयमा के जिज्ञासा पनि उठ्ने गर्छ भने, गर्भावस्थामा यौन सम्बन्ध बनाइरहँदा समयभन्दा अगाडि नै बच्चाको जन्म हुन्छ । यो पनि भ्रम हो । गर्भावस्थाको यौन सम्पर्क र समयभन्दा अगाडि बच्चा जन्मनुमा कुनै सम्बन्ध छैन ।

यौन सम्पर्कका क्रममा दम्पतीको पेटमा हुने घर्षणले पनि गर्भको शिशुलाई असर गर्दैन । किनभने गर्भाशयको बलियो मांसपेशीले शिशुलाई सुरक्षित राख्छ ।

तर, कतिपय यस्तो अवस्था हुन्छन् जुनबेला यौन सम्पर्क गर्नु उचित हुँदैन । चिकित्सकका अनुसार रक्तश्राव, पेटको दुखाई, पानीको थैलो फाट्नु, ग्रीभको कमजोरी जस्ता अवस्थामा यौन सम्पर्क सुरक्षित हुँदैन ।

गर्भावस्थामा गरिने यौन सम्पर्क आनन्ददायक होला ? यो कुरा भने दम्पतीको अवस्था र मुडमा भर पर्छ । कतिपयले यस अवस्थामा संयमित यौन सम्पर्कबाट आनन्द लिन्छन् भने कतिपयमा असुरक्षाको भय पनि रहन्छ ।

कतिपय महिलाले भने गर्भावस्थामा गरिने यौन सम्पर्कलाई पीडादायी अनुभव गर्छन् । यस्तो अवस्थामा हस्तमैथुन वा मुख मैथुन अर्को विकल्प हुनसक्छ । सामान्य मुख मैथुनले गर्भवती महिला तथा उनको पेटमा रहेको शिशुलाई कुनै असर गर्दैन ।

गर्भावस्था यौन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?