काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मार्टिन ब्रेथवेइटेलाई ला लिगाकै लेगानेसबाट भित्र्याएको छ ।
बार्सिलोनाले मार्टिनलाई साढे चार वर्षको लागि अनुबन्ध गरेको हो । डेनमार्कका मार्टिन अब ३० जुन २०२४ सम्म बार्सिलोनामा रहनेछन् । बार्सिलजनाको यी खेलाडीको लागि १८ मिलयन युरो खर्च गरेको हो । अब उनको बाइ आउट क्लब ३०० मिलियन युरो रहेको क्लबले जनाएको छ ।
फरवार्डद्वय लुइस सुअरेज र ओसमान डेम्बेले लामो समयको लागि इन्जर्ड भएपछि बार्सिलोनाले तत्तकालका लागि नयाँ खेलाडी अनुबन्ध गर्न मान्यता पाएको थियो ।
सुअरेजले चवटका कारण यस सिजनको बाँकी खेल खेल्ने सम्भावना कम छ । यस्तै ह्यामस्ट्रिङ इन्जुरीका कारण डेम्बेले पनि ६ साताका लागि मैदान बाहिर हुनेछन् ।
बार्सिलोना जानुअघि मार्टिन ब्रेथवेइटेले लेगानेसका लागि २४ खेल खेल्दै ६ गोल र १ असिस्ट गरेका छन् ।
प्रतिक्रिया 4