+

‘जीवनशैली परिवर्तन नै उच्च रक्तचाप नियन्त्रणको काइदा’

२०७६ फागुन  १६ गते १५:२८ २०७६ फागुन १६ गते १५:२८
‘जीवनशैली परिवर्तन नै उच्च रक्तचाप नियन्त्रणको काइदा’

पछिल्लो समय शहरी क्षेत्रको व्यस्त जीवनशैली, अभ्यास र योगाभ्यासमा आएको कमीका कारण धेरै जना उच्च रक्तचाप जस्ता समस्याहरुबाट गुज्रने गरेका छन् । शहरी क्षेत्रको मुख्य समस्याको रुपमा रहेको वायु प्रदूषणको समस्या आदिका कारणले उच्च रक्तचापका समस्याहरु प्रतिवर्ष बढ्दो मात्रामा रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

धुलिखेल अस्पतालको आन्तरिक औषधि विभागको लागि गरिएको अध्ययनले नेपालको साना शहरी भेगमा अत्यधिक मात्रामा रक्तचापका बिरामीहरु बढी हुनेको औंल्याएको छ । तर, यो संख्या केवल साना शहरी भेगमा मात्रै नभएर काठमाडौं जस्ता शहरहरुमा समेत जीवनशैली र खानपानका कारण उच्च रक्तचापका बिरामीहरु बढी हुने गरेका छन् । यसै सन्दर्भमा धुलिखेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुसँग उच्च रक्तचापको औषधि नियमित खानुपर्छ कि पर्दैन भन्ने सवालमा केही प्रश्नहरु गरेका थियौं ।

उच्च रक्तचापका बिरामीहरुले जीवनभरी औषधि सेवन गर्नुपर्छ ?

यसमा दुईवटा कुराहरु हुन्छन् । एउटा केही समय मात्रै उच्च रक्तचापको समस्या भोगेकाहरु हुन्छन् । उनीहरुले केही समय औषधि खाएर छाड्दा पनि समस्या हुँदैन ।

तर, उच्च रक्तचापले धेरै लामो समयसम्म च्यापेकाहरुले भने जीवनभरी नै औषधि खानुपर्छ । यसमा जीवनशैलीको परिवर्तनले समस्यालाई केही कम गराउन सकिन्छ । अन्यथा यो रोग लागेपछि नियमित औषधि सेवन गर्नैपर्छ ।

डा‍. राजेन्द्र कोजु

उच्च रक्तचाप नियन्त्रण गर्नको प्राकृतिक उपचारहरु के हुनसक्छ ?

उच्च रक्तचापको समस्या विभिन्न कारणले हुनसक्छ । यो समस्या देखिएपछि यसको पूर्ण उपचार त सम्भव छैन । तरपनि नियमित अभ्यास र योग गर्दा यसलाई कम गराउन भने सकिन्छ ।

हामीले अरु रोगको लागि खाने औषधिहरुको पनि योसँग सम्बन्ध हुनसक्छ । त्यस्तै मोटोपनको समस्या भएका मानिसहरुले तौल घटाएर वा नुनको मात्रामा कमी ल्याएर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।

अरु रोगको लागि प्रयोग गर्ने औषधिले यो रोगलाई कतिको असर गर्छ ?

अरु रोगको लागि सेवन गर्दै आएको औषधिले पनि उच्च रक्तचाप बढाउन मद्दत गर्नसक्छ । कतिपय अवस्थामा त्यस्तै औषधिले गर्दा पनि स्ट्रयास बढेको हुनसक्छ । त्यसैले उच्च रक्तचाप रोक्नको लागि अरु रोगका औषधिहरुको मात्रा कम गराउनुपर्छ ।

सबैभन्दा मूल कुरा त हामीहरुको जीवनशैलीमा नै परिवर्तन गर्नुपर्छ । जीवनशैलीमा परिवर्तनको अर्थ धुम्रपान बन्द गर्ने एवं धेरै तनावलाई कम गर्ने गर्नुपर्छ । कुनैकुनै औषधिहरुले गर्दा हुनसक्ने समस्याको बारेमा पनि हामीहरु सचेत हुनुपर्छ ।

यसको लागि सामान्य रुघाखोकीमा सकेसम्म औषधि खानु हुँदैन । आफैमा संयमता अपनाउनुपर्छ । योग गर्नुपर्छ । अहिलेको उपचार पद्धति धेरै राम्रो छ । तर, अहिलेको शहरी जीवनमा उच्च रक्तचाप नियन्त्रणको लागि जीवनशैली सोही अनुसार गर्न भने गाह्रो हुन्छ ।

समयमा नै रक्तचाप नियन्त्रण नगर्दा कस्ता–कस्ता समस्या पर्नसक्छ ?

समयमा नै रक्तचाप नियन्त्रण नगर्दा गम्भीर स्वास्थ्य समस्या समेत निम्तिन सक्छ । समयमा नै यसको नियन्त्रण नगर्दा यसबाट हृदयघात, मस्तिष्काघात, मृगौलामा समस्या देखिने, आँखाले राम्रोसँग नदेख्ने जस्ता समस्याहरु पैदा हुने गर्छ । यस बाहेक पनि रक्तनली एवं स्नायु नलीहरुमा समेत यसले समस्या गर्नसक्छ ।

उच्च रक्तचाप र खानपानको सम्बन्ध के छ ?

उच्च रक्तचाप र खानपानको आफैंमा अटुट सम्बन्ध छ । खानपानमा ध्यान नदिने हो भने सामान्य देखिने रक्तचापले समेत गम्भीर समस्या निम्त्याउन सक्छ । अहिले अपत्यक्ष रुपमा चिल्लो र गुलियो खानेकुराले समेत यसलाई असर गर्नेगर्छ । त्यस्तै, साग सब्जी र फलफुल खानाले पनि उच्च रक्तचाप नियन्त्रण गराउन मद्दत गर्छ । त्यसैले खानपान पनि रक्तचाप नियन्त्रणको लागि सहायक सिद्ध छ ।

मानसिक स्वास्थ्य र उच्चरक्तचापको सम्बन्ध के छ ?

मानसिक स्वास्थ्य पनि उच्च रक्तचापको कारक हो । दिमाग सधैं फ्रेस भएन वा सधैंभरी अनेक समस्या र तनावको स्थिति बन्यो भने त्यस्तो अवस्थामा उच्च रक्तचापको समस्या बढ्ने हुन्छ । त्यसैले मानसिक स्वास्थ्यलाई पनि उच्चरक्तचाप नियन्त्रणको लागि ध्यान दिनुपर्ने देखिन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

छाला चिलाउने मुख्य ६ कारण, चिलाउने समस्या रोक्न तत्काल के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’