Comments Add Comment

आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सरमा नेपालहोम्स डटकम

२० फागुन, काठमाडौं । जग्गा तथा आवास विकास संघले आयोजना गर्न लागेको आठौं घरजग्गा मेलाको टाइटल स्पोन्सर नेपालहोम्स डटकमले गर्ने भएको छ ।

मंगलबार नेपालहोम्स र संघबीच मेलाको टाइटल स्पोन्सर गर्ने विषयमा सम्झौता भएको हो । अब ‘नेपालहोम्स डटकम आठौं घरजग्गा मेला’का रुपमा सञ्चालन हुनेछ । घरजग्गा मेला आगामी वैशाख ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा सञ्चालन हुनेछ । यो घरजग्गा व्यवसायी र ग्राहकका लागि कुम्भ मेला हो ।

वाषिर्क रुपमा गर्ने घरजग्गा मेलामार्फत संघले क्रेता र डेभलपरलाई एकै ठाउँमा जमघट गराउँदै आइरहेको छ । संघले विगतका वर्षहरुमा यस प्रकारका ७ वटा मेला सफलतापूर्वक सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा संयोजक विदुर धमलाले आठौं घरजग्गा मेलामा नेपालहोम्स डटकमलाई टाइटल स्पोन्सर बनाउन पाउँदा खुशी लागेको बताए ।

केही दिनभित्र सञ्चालनमा आउन लागेको रियलस्टेट मार्केटप्लेस नेपाल होम्सले घर-जग्गा खरिद बिक्रिलाई डिजिटल प्लेटर्फममा रुपान्तरण गर्न लागेको छ ।


नेपालहोम्स डटकम पायोनियर प्रोपर्टी टेक्नोलोजी कम्पनी हो जसले घरजग्गा क्षेत्रका स्टेकहोल्डरहरु एजेन्सी, डेभलपर, सेलर र बायरलाई अनलाइन मार्केट प्लेटर्फम उपलब्ध गराउँछ । यो घरजग्गाको मार्केट प्लेटर्फममात्र नभएर रियल स्टेट क्षेत्रको ‘नलेज सेन्टर’ पनि हो । नेपालहोम्स डटकममा घरजग्गा सम्बन्धी आवश्यक सम्पूर्ण जानकारी उपलब्ध हुनेछन् ।

यो रियल स्टेट पोर्टलले नेपाल होम्स डटकमले घरजग्गा क्रेता तथा बिक्रेताले निःशुल्क बिज्ञापन गर्न पाउँछन् भने रियलस्टेट एजेन्सी एवम् आवास विकाशकर्ताले बिभिन्न प्याकेज सब्सक्राइब गर्न सक्छन् । मेलाका अबसरमा नेपाल होम्सले सवैजसो प्रयोगकर्तालाई तीन महिनासम्म निःशुल्क बिज्ञापनको अबसर प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment