Comments Add Comment

भुटानकी नायिका उगेन भन्छिन्, ‘म राजेश हमालको फ्यान’

भुटानकी नायिका उगेन छोदेनले नेपाली चलचित्रमा काम गर्दैछिन् । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’बाट उनले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।

८ वटा भुटानी चलचित्रमा काम गरिसकेकी उगेनले भुटानमा राम्रो स्टारडम बनाएकी छिन् । उनले केही चलचित्रको निर्माण तथा निर्देशन पनि गरिसकेकी छिन् । उनलाई भुटानका राजाले राम्रो काम गरेको भन्दै सम्मान पनि गरेका थिए ।

आफ्‍नो डेब्यु चलचित्रको तयारीमा नेपाल आएकी उगेनले आफू नेपाली चलचित्रको फ्यान नै भएको बताइन् । उनले भनिन्, ‘मैले सानो उमेरमा नै राजेश हमालको चलचित्र हेरेको थिए । त्यहीँ समयदेखि मलाई नेपाली चलचित्र मन पर्थ्यो । राजेश हमालको त म फ्यान नै हुँ ।’

राजेश बेला बखत भुटान पुगिरहेका हुन्छन् । त्यहाँ राजेशको क्रेज निकै राम्रो भएको उगेनले बताइन् ।  उनले भनिन्, ‘त्यहाँ हामीलाई भन्दा नेपाली कलाकारहरुलाई बढि चिन्नुहुन्छ । साच्चिकै नेपाली कलाकारलाई प्रेम गर्छन् भुटानका नागरिक ।’

उगेनले ‘२ नम्बरी’मा अभिनेता दयाहाङ राईसँग जोडी बाँध्नेछिन् । उगेनले दयाहाङ पनि आफूलाई निकै मन पर्ने कलाकार भएको बोलिन् । उनले थपिन्, ‘दयाहाङको कबड्डी चलचित्र हेरेको थिए । त्यस चलचित्रपश्चात् मलाई दयाहाङ पनि मन पर्छ ।’

उनले २ नम्बरीमा सँगै काम गर्न लागेका नायक पल शाहको पनि नाम लिएकी थिइन् । २ नम्बरीमा पलको जोडी वर्षा राउत हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment