Comments Add Comment

धर्म निरपेक्षता र संघीयताको राजनीतिक वैधता गुम्दैछ, त्यसैले जनमत संग्रह : साझा पार्टी

१ चैत, काठमाडौं । साझा पार्टीले धर्म निरपेक्षता र संघीयताका सवालमा जनमत संग्रहको पक्षमा उभिने निर्णयको बचाउ गरेको छ ।

लुम्बिनी राष्ट्रिय भेलाले गरेको निर्णयको चर्को आलोचना भएपछि शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो । बैठकले संविधान निर्माण गर्दा नै धर्म निरपेक्षता र संघीयताबारे समाजको ठूलो तप्काको आशंका र असन्तुष्टि रहेको तर आफूहरुले शंकाको लाभ दिएको बताएको छ ।

परम्परागत धार्मिक आस्था र संस्कृतिमाथि अतिक्रमण हुँदा पनि राज्य उदासीन भएको र यसबाट बहुसंख्यक नागरिकलाई चोट पुगेको पाइएको उसले बताएको छ । परम्परागतरूपमा नेपाली समाजमा रहिआएको धार्मिक सद्भाव र सहिष्णुतालाई पुनस्स्थापित गर्नु नितान्त जरूरी देखिन्छ’ उसले भनेको छ ।

संघीयताले स्थानीय तहहरूलाई प्रभावकारी रूपले सशक्तिकरण गर्न नसकेको तथा विकास र संवृद्धिको आकांक्षालाई सम्बोधन नगरेको साझा पार्टीको ठहर छ । ‘संघीयताले न विभेदको पीडामा मलम लगाउनसक्यो, न स्थानीय सामथ्र्यलाई प्रवर्द्धन गर्न । बरू स्थानीय तहमा व्यापक भ्रष्टाचार बढाएको र प्रदेश तहलाई पङ्गु बनाएर खर्चभार अत्यधिक बढाएको जगजाहेर छ’ उसले भनेको छ ।

आम नागरिकमा भुसको आगो झैं असन्तुष्टि फैलिरहेको र प्रमुख दलहरूभित्र पनि असन्तुष्टि जनाउनेहरु ठूलो संख्यामा रहेकाले धर्म निरपेक्षता र संघीयताको राजनीतिक वैधता गुम्दै गएको साझा पार्टीको दाबी छ ।

देशको दूरगामी भविष्यमा प्रभाव पार्ने यी दुबै विषयको छिनोफानो जनमत संग्रहबाट हुनुपर्छ भन्ने राष्ट्रिय भेलामा देशका कुनाकाप्चाबाट आएका लगभग ४५० सहभागीहरूको निष्कर्षमाथि साझा पार्टी पुनः जोड दिन चाहन्छ’ उसले भनेको छ ।

जनमत संग्रहमा साझाको अडान के ?

जनमत संग्रह भइहालेको अवस्थामा पार्टीको अडान के भन्नेबारे छलफल सुरु गरेको साझा पार्टीले बताएको छ । जनमत संग्रहमा सोधिने प्रश्नले विकल्प के भन्ने निक्र्यौल गर्ने भन्दै उसले भनेको छ, ‘अल्पसंख्यक धार्मिक समुदायलगायत सबै नेपालीका परम्परादेखि चलिआएका धार्मिक आस्था र संस्कृतिको संवर्द्धन तथा कुनै पनि खाले धार्मिक र सांस्कृतिक अतिक्रमणका विरूद्ध साझा पार्टी उभिने छ ।’

‘त्यस्तै केन्द्रीकृत राज्य प्रणालीबाट उच्च तहको विकेन्द्रीकरण सहित नेपालको विविधितामा हरेक समूह र तप्कामा आत्मसम्मान, समान अधिकार र राष्ट्रिय अपनत्व र एकताको भाव जगाउने प्रभावकारी र परिणाममुखी राज्य व्यवस्थाको पक्षमा साझा पार्टी हुनेछ’ उसले अघि भनेको छ ।

ठूला राजनीतिक दलहरुले राजनीतिक जोडघटाउका आधारमा धर्म निरपेक्षता र संघीयताबारे बोल्न नचाहेको भन्दै उसले आफूले राष्ट्रिय बहसको ‘समुन्ऽ मन्थन’ शुरू गरेको दााबी गरेको छ । ‘यो ‘समुन्ऽ मन्थन’को अमृतले राष्ट्रिय राजनीतिको अलमललाई स्पष्ट दिशानिर्देश गर्न सक्छ भन्ने साझा पार्टीको विश्वास हो । यो मन्थनबाट निस्कने ‘विष’ पिउन साझा पार्टी तयार छ’ बैठकपछि साझा पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment