Comments Add Comment

वैज्ञानिकले भेट्टाए सबैभन्दा सानो डाइनोसर

पृथ्वीमा आजभन्दा करोडौँ वर्षअघि भिमकाय जीव डाइनोसर अस्तित्वमा रहेको र पछि प्रलयका कारण समाप्त भएको तथ्य किताबहरुमा पढ्न पाइन्छ।

डाइनोसरहरु यति विशाल जीउडालका थिए कि त्यसमा सामुन्ने अहिले अस्तित्वमा रहेका जुनसुकै जीवहरु भुसुना सरी हुन् । अहिलेसम्म हामीले थाहा पाएको कुरा यहीँ हो कि सबै डाइनोसर विशाल जीउका थिए ।

तर वैज्ञानिकहरुले यो मान्यतालाई गलत सावित गर्दै डाइनोसरहरु सानो आकारका पनि थिए भन्ने तथ्य पत्ता लगाएका छन् ।

हो, वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा सानो आकारको डाइनोसरको जिवावशेष फेला पारेका छन् ।

उक्त डाइनोसर अहिले पृथ्वीमा रहेको सबैभन्दा सानो चरा अर्थात् ह्युमिङ बर्डभन्दा पनि सानो आकारको थियो । स्मरण रहोस्, सबैभन्दा सानो पंक्षी ह्युमिङ बर्डको तौल केवल २ ग्राम मात्र हुन्छ ।

वैज्ञानिकहरुले म्यानमारमा एउटा पत्थरमा उक्त डाइनोसरको अवशेष फेला पारेका हुन् । अम्बर नामक बहुमूल्य पत्थरमा फेला परेको सबैभन्दा सानो डाइनोसरको अवशेषका आधारमा वैज्ञानिकहरुले त्यो डाइनोसर कसरी मरेको रहेछ भन्ने कुरा पनि पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुका अुनसार कुनै रुखको सानो प्वालमा टाउको अडि्कँदा सो डाइनोसर मरेको हुनुपर्दछ । जसका कारण उक्त चराको टाउको रुखभित्र सधैको लागि अडि्कयो र रुखको अवशेषसँगै डाइनोसरको अवशेष पनि सुरक्षित रह्यो ।

उक्त डाइनोसर आजभन्दा ९ करोड ९० लाख वर्षअघि मरेको अनुमान पनि वैज्ञानिकहरुको छ । यस डाइनोसरको नाम ओकुलुडेन्टाविस खाउन्ग्राइ राखिएको छ ।

कम्प्युटरको सहायताले वैज्ञानिकहरुले यो डाइनोसरको प्रारुप पनि तयार गरेका छन् । जस अनुसार उक्त डाइनोसर झण्डै दुई इन्च लम्बाइको थियो । उक्त डाइनोसरका १ वटा तिखा दाँत तथा छेपारोको जस्ता आँखा थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment