Comments Add Comment

ध्यान : एक जागरण

रजनीसले भनेका छन्, ‘शरीरको आन्तरिक जागरण ध्यान हो । सधै निर्विचारको अवस्थामा रहनु नै ध्यान हो ।’  ध्यानमा इन्द्रिय मनको साथ, मन बुद्धिको साथ र बुद्धि आफ्नो स्वरुप आत्मामा लीन हुन थाल्छ ।

यसको खास अर्थ हो,  जागरुकता, चेतना, होस, साक्षीभाव र दृष्टा भाव । यसलाई योगको आठौं अंग मानिन्छ ।

ध्यानलाई जे जसरी सम्बोधन गरेपनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होश, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वत स्फूर्त रुपमा सधने गर्छन् । जबकी योगका अन्य अंगहरुमा यो नियम लागु हुँदैन ।

धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्दि्रत गर्नु हो । तर ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो । र, त्यसमा जागृत रहनु नै ध्यान हो ।

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ ।

परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र शरीरलाई जोड्ने सर्वोत्तम माध्याम हो, ध्यान । यसले मनलाई शुद्धिकरण गर्छ । चेतना स्तर उकास्छ ।

वाह्य वातावरणमा जसरी अनेकौ किसिमको कोलाहाल हुन्छ, त्यसैगरी हाम्रो मनमा पनि एकसाथ असंख्य कल्पाना र बिचारले कोलाहाल मच्याइरहेको हुन्छ । यो भनेको मनोविकार हो । यसले हामीलाई मनोरोगी बनाउँछ । अन्ततः यसले हामीलाई जिर्ण र रोगी बनाउँछ ।

यस्तो अवस्थामा ध्यानले मनको विकार हटाउन सहयोगी भूमिका खेल्छ । ध्यानले अनावश्यक कल्पना वा विचारलाई मनबाट हटाएर शुद्ध र निर्मल मौनमा रहनु हो । जति जति ध्यानमा गहिरिदै जान्छ, उत्तिनै व्यक्तिको भाव, कल्पना, विचारले कोलाहल मच्याउँदैन । मन र मस्तिष्कलाई मौन अवस्थामा राख्नु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना र अतितको सुखदुखमा जिउनु ध्यान विरुद्ध हो ।

सामान्य हिसावले हेर्दा ध्यानले तनावमुक्त गराउँछ । यसले मनलाई स्थिर, शान्त, संयमित राख्छ । यसले मानसिक विकार हटाउँछ । शरीरमा आन्तरिक शक्ति विकास गर्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । एक्लोपना, निराशाबाट मुक्त दिलाउँछ ।

ध्यान त्यही विधा हो, जसद्वारा हामी आफ्नो मन, मस्तिष्क, इन्द्रियलाई नियन्त्रणमा राख्न सक्छौ । यो परम आनन्दको द्वार अर्थात ढोका हो, जसले भौतिक मोह, रिस, आवेग, तनावलाई निर्मूल गर्छ ।

ध्यानको अभ्यास

भनिन्छ, ध्यान हाम्रो स्वभाव हो, जसरी हामी रुन्छौ, हाँस्छौ । त्यसैले यसको अभ्यास आफैमा कठिन भएपनि असम्भव भने छैन । निरन्तर र नियमपूर्वक अभ्यासले हामी ध्यानको अवस्थामा रहन सक्छौ ।

ध्यान कुनै कठिन व्यायाम होइन । यो जटिल आसन पनि होइन । पद्मासनमा वा अर्धपद्मासनमा बसेर गरिने साधरण क्रिया हो । तर, यसका लागि आफुले आफैलाई संयमित राख्न सक्नुपर्छ ।

१. ध्यान गर्नका लागि एकदमै शान्त, स्वच्छ वातावरण आवश्यक हुन्छ ।

२. बिहानको समय सर्वोत्तम हुन्छ, जतिबेला वायुमण्डलमा स्वच्छ हावा चलिरहेको हुन्छ ।

३. शान्त स्थानमा पद्मासन एवं अर्ध पद्मासनमा बस्नुपर्छ । आँखा बन्द गर्नुपर्छ ।

४. अब हामीले आफ्नो सम्पूर्ण ध्यान आफ्नो स्वासप्रश्वासमा केन्द्रित गर्ने ।

५. शुरुमा मन यताउता भड्कन सक्छ, तर संयमित भएर यहि अभ्यास गरिरहने ।

६. यसरी श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्याससँगै विस्तारै ध्यानको गहिराइमा पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment