+

सिटीका मिडफिल्डर गुन्डागोन भन्छन् : लिभरपुललाई उपाधि दिनु ठिक

२०७६ चैत  १७ गते ९:१९ २०७६ चैत १७ गते ९:१९
सिटीका मिडफिल्डर गुन्डागोन भन्छन् : लिभरपुललाई उपाधि दिनु ठिक

१७ चैत, काठमाडौं । म्यानचेस्टर सिटीका मिडफिल्डर एल्के गुन्डोगानले कोरोना भाइरसको कारण प्रिमियर लिगको सिजन नसकिए लिग लिडर लिभरपुललाई उपाधि दिनु व्यवहारिक हुने बताएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले गर्दा अहिले प्रिमियर लिगलगायत विश्व फुटबल ठप्प छ । कोरोनाकै कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । अप्रिल ३० पछि पनि लिग सुरु हुने वा नहुने अन्योल कायमै छ ।

त्यसैले, लिग सम्भव नभए शीर्ष स्थानको हैसियतले लिभरपुललाई नै उपाधि दिँदा ठिक हुने गुन्डोगानको भनाइ छ । पछिल्लो ३ दशकमा पहिलो पटक लिग जित्ने तयारीमा रहेको लिभरपुलले दोस्रो स्थानको सिटीमाथि २५ अंकको अग्रता कायम राखेको छ ।

जर्मन ब्रोडकास्टर जेडडिएफसँगको कुराकानीमा सिजन नसकिए लिभरपुललाई उपाधि दिनु ठिक हो ? भन्ने प्रश्न गरिएको थियो । जवाफमा गुन्डागोनले भने, ‘हो, मेरा लागि यो ठिक छ,’ २९ वर्षीय जर्मन खेलाडीले भने, ‘एक खेलाडीको रुपमा निष्पक्ष हुनुपर्छ ।’

यस्तै, गुन्डोगानले कोरोनाको कारण तलब कटौती गर्ने प्रस्ताव आए आफू त्यसमा तयार रहेको बताए । तर, यसबारे इंग्ल्याण्डमा छलफल नभएको उनले बताए । इटली र जर्मनीको लिगमा ठूला क्लबका खेलाडीको तलब कटौती गर्ने निर्णय गरिसकेका छन् र खेलाडी पनि त्यसमा सहमत छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय