Comments Add Comment

‘नाई नभन्नु ल-६’ मा वर्षा ?

निर्देशक विकासराज आचार्य यतिबेला चलचित्र ‘नाई नभन्नु ल-६’को तयारीमा जुटिरहेका छन् । यो चलचित्रको स्क्रिप्ट फाइनल भइसकेको छ । नेपाल यतिबेला लक डाउनमा छ । यति लक डाउन नभएको भए विकास यतिबेला कलाकार फाइनल गर्ने तयारीमा लागिरहेका हुन्थे होला । तर, अब कलाकारको छनोटको काम पनि पछि सरेको छ । तर, उनले केही कलाकारसँग भने कुराकानीलाई अगाडि बढाइरहेका छन्।

चलचित्रका लागि नायकमा सलोन बस्नेत, अनुभव रेग्मी, सेड्रिना शर्मा लगायतको नाम निश्चित भइसकेको छ। निर्माण पक्षले चलचित्रको मुख्य भूमिकाका लागि नायिका वर्षा राउतलाई प्रस्ताव गरेको छ । वर्षाले चलचित्रमा काम गर्ने वचन पनि दिएकी छिन् ।

तर, निर्माणपक्षले कोही पनि कलाकारसँग लिखित सम्झौता भने गरेको छैन । वर्षा चलचित्र ‘२ नम्बरी’ र ‘के घर के डेरा’मा अनुबन्धित भइसकेकी छिन्। कोरोनाको सन्त्रास सकिएसँगै यी दुई चलचित्रको छायांकन सुरु हुनेछ।

यसैले, वर्षाले चलचित्र ‘नाई नभन्नु ल-६’लाई समय दिन भ्याउँछिन् या भ्याउँदिनन् पक्का छैन । तर, आफैंले डेब्यु गरेको चलचित्रको छैठौं सिरिज छाडेर वर्षा चुकचुकाउन चाहन्नन् । जेठसम्म चलचित्रको छायांकन सुरु नभए यसको छायांकन साउनमा पुग्नेछ । वर्षाले साउनमा भने यो चलचित्रलाई समय दिनसक्ने सम्भावना छ ।

चलचित्रका लागि वर्षालाई अफर गरिएको भूमिका बलियो रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment