Comments Add Comment

कतारमा कोरोना संक्रमितको संख्या १३२५ पुग्यो

शनिबार दुई ५० संक्रमित थपिए

२२ चैत, कतार । कतारमा १३ सय २५ जना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । यहाँ शनिबार थप दुई सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एक सय ९ जना निको भएर घर फर्किएका छन् भने जम्मा ३१ हजार नौ सय ९१ जनाको जाँच भएको छ ।

त्यस्तै, हाल यहाँ १२ सय १३ कोरोना संक्रमित बिरामीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार भइरहेको सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

योसँगै कतारमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । अन्य देशहरुबाट हालै कतार आएका नागरिकहरुमा भाइरस संक्रमण देखिएको यहाँबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

नयाँ कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको आवश्यक चिकित्सा उपचार भइरहेको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले दैनिक प्रयोगशाला परीक्षणहरूको संख्या बढाउन केन्द्रीय प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्ने तथा छिटोभन्दा छिटो परिणाम दिनका लागि काम गरिरहेको मन्त्रालयको एक विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले समाजका सबै सदस्यहरूलाई संक्रमणको जोखिम कम गर्नका लागि स्वास्थ्य सहयोग र स्वास्थ्य सम्बन्धी सबै मार्ग निर्देशनहरु र प्रतिरोधात्मक उपायहरूको पूर्णरूपमा पालना गर्न अनुरोधसमेत गरेको छ ।

भाइरससम्बन्धी कुनै जिज्ञासा भए मन्त्रालयको टोल फ्री नम्बर १६००० मा सोधपुछ गर्न सकिने जनाइएको छ ।

–अनिल पराजुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment