+

एपेन्डिसाइटिसका बिरामीलाई अस्पतालबाट बाई !

२०७६ चैत  २३ गते १८:५६ २०७६ चैत २३ गते १८:५६
एपेन्डिसाइटिसका बिरामीलाई अस्पतालबाट बाई !

२३ चैत, बिराटनगर । यहाँको निजी अस्पताल नोबेल मेडिकल कलेजले एपेन्डिसाइटीसका विरामीलाई अपरेशन कक्षबाट निकालिदिएको गुनासो बिरामीका आफन्तले गरेका छन् ।

सबै प्रकृया पूरा गरेर एपेन्डिसाइटीसको अपरेशनका लागि राखिएकी ६९ वर्षीया वृद्धाले शल्यक्रियामा लैजाने बेलामा खोकेकी थिइन् । शरीरको तापक्रम पनि केही बढेपछि चिकित्सकले ‘कोरोनाको लक्षण देखियो’ भन्दै धरान लैजान भनेको बिरामीका आफन्तले बताए ।

धरानमा उनको शुक्रबार शल्यक्रिया सफल भएको छ । अहिले उनको अवस्था सामान्य छ ।

‘एपेन्डिक्स देखिएपछि डाक्टरले अपरेशन गर्नुपर्छ भने,’ मोरङको पथरी घर भएकी घिमिरे थरकी ती महिलाका छोराले अनलाइनखबरसँग भने, ‘सबै तयारी पूरा भएपछि डाक्टर छैन भन्दै धरान पठाइयो ।’

धरानमा वीपी प्रतिष्ठानमा लैजाने वित्तिकै शल्यक्रिया भएका कारण आमाको अवस्था सामान्य रहेको उनले बताए । उनले भने, ‘दिन बलिया रहेछन्, आउनेवित्तिकै अपरेशन भयो र आमालाई बचाइयो ।

अस्पतालका सञ्चालक सुनील शर्माले एक साताअघि आफ्नो अस्पताल कोरोना संक्रमितको उपचारका लागि दिने बताए । सर्त राखेर सरकारलाई अस्पताल सञ्चालन गर्न दिने बताएका शर्माकै अस्पतालले कोरोना संक्रमणको आशंका गर्दै बिरामीको शल्यक्रिया गर्न नमानेको हो ।

अस्पताल भन्छ– उहाँहरु आफैं जानुभएको हो

यता नोबेल मेडिकल कलेजले भने महिलाका आफन्तहरु आफैं धरान गएको बताएको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘उहाँहरुले आफैं लैजानुभएको हो । हामीले शल्यक्रिया गर्नुपर्छ भनेका थियौं ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय