+
+
Shares

भान्साको ओखती : एसिडिटी वा पेटको समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते ८:२२

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ ।

पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग वातावरणको आद्र्रताका कारण हुन्छ । त्यसैले त, एसिडिटीको समस्यामा वर्षामा धेरै हुन्छ ।

त्यसबाहेक,  अत्याधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धुमपान आदीको सेवनले पनि एसिडिटी बढ्ने गर्छ । एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने गर्छ । कहिले काहीँ उल्टी हुनसक्छ । अत्याधिक मात्रामा एसिडिटी भएमा अपच, कब्जियत तथा पखाला हुन्छ ।

किन भरिन्छ पेटमा ग्यास ?

पेटमा ग्यास भरिने समस्या आम समस्या हो । पाचन सम्बन्धि गडबडी भएमा पेटमा ग्यास भरिने गर्छ । पेटमा ग्यास भरिनु कुनै विशेष रोगको लक्षण पनि हुनसक्छ ।

गलत खानपान, खानपानमा गडबडी तथा अनिद्राका कारण पनि पेटमा ग्यास भरिने गर्छ । तनाव, भय, चिन्ता, अत्याधिक मात्रामा चिया, कफीको सेवन, धुमपान, लामो समय खाली पेट रहनु, मसला वा चिल्लो भोजनको सेवनले पनि पेटमा ग्यास भरिने गर्छ ।

पेटमा ग्यास भरिएमा भोक नलाग्न सक्छ । बरु पेटमा हावा भरिन थाल्छ । पेट वा पिठ्यूमा हल्का पिडा हुन्छ । दिशा राम्ररी हुँदैन । कब्जियत हुनसक्छ । डकार धेरै आउँछ । थकान वा आलस्यले शरीर कमजोर हुन्छ ।

एसिडिटी वा ग्यासबाट छुटकारा पाउने तरीका 

–दश देखि २० मिलिलिटर घिउकुमारीको रस नियमित रुपमा सेवन गर्ने

–लसुनको पोटी विहान खाली पेटमा सेवन गर्ने

–एक चम्चा ज्वानोमा एक चौथाई कागतीको रस मिसाएर त्यसको रस पिउने । यसले ग्यासको समस्याबाट राहत दिन्छ ।

–अदुवाको रसमा थोरै सिले नुन हालेर त्यसमा भुटेको जिरा मिसाएर सेवन गर्ने । त्यसपछि एक गिलास मोहीको सेवन । यसले एसिडिटीको समस्या कम गर्छ ।

–एक गिलास तातो दूधमा दुई चम्चा अंडिरको तेल मिसाएर पिउने । यसले पनि ग्यासको समस्या तुरुन्तै कम हुन्छ ।

–चोकर सहितको आटाको रोटी खानाले पनि एसिडिटी तथा ग्यास दुवैमा फाइदा गर्छ ।

–एक गिलास उखुको रसलाई तातो बनाएर त्यसमा कागतीको रस र सिले नुन मिसाएर दिनमा कम्तीमा दुई पटक पिउने । यति गरेमा ग्यासको समस्या कम हुन्छ ।

–त्यसबाहेक, सानो चिया चम्चामा थोरै ज्वानो, दाना जिरा, वीरे नुन, लसुन हालेर मिसाउने र त्यसलाई राम्ररी चपाउनाले पनि पेटमा रहेको ग्यास कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?